झापा , असार ८ । संखुवासभाको धर्मदेवी नगरपालिका -५ मा रहेको मायाखोला हाईड्रो पावरमा काम गर्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

मंगलवार बिहान हाईड्रोपावर भित्र रहेको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा अचानक करेन्ट लागेर उक्त हाईड्रोका ईन्जिनियर पोखरा महानगरपालिका-१२ का ३९ बर्षीय रोमनकुमार चन्द्र घाईते भएका थिए । घाईतेलाई उपचारको लागी हेलिकोप्टर द्धारा काठमाण्डौ पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्