झापा , असार ८ । झापाको बिर्तामोड नगरपालिका-२ चारपानेबाट लागूऔषध ब्राउनसुगरसहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बुद्दशान्ती-४ का ३१ बर्षीय चन्द्रबहादुर लिम्बु रहेका छन् । विशेष सूचनाका आधारमा मंगलवार बेलुका ७ बजे ईलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा लिम्बुको साथबाट ३४ ग्राम लागूऔषध ब्राउनसुगर बरामद गरेको हो । यसरी लागूऔषधसहित पक्राउ परेका लिम्बुको सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेकको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्