झापा , असार ८ । मोरङका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

मंगलवार राति साढे ७ बजेको समयमा मोरङको पथरी शनिश्चरे नगरपालिका-२ मा प्रदेश १ -०२-०४७ प ००१५ नम्बरको मोटरसाईकलले पैदल यात्री स्थानीय ५० बर्षीया बिमला खड्कालाई ठक्कर दिंदा घाईते भएकी खड्काको उपचारको क्रममा बिराटनगरको कोशी अस्पतालमा मृत्यु भएको हो । यसैगरी मंगलवार साँझ मोरङकै सुन्दरहरैचा नगरपालिका-११ मा साईकललाई जोगाउने क्रममा को ३३ प ४२४१ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा सोही मोटरसाईकलमा सवार रहेकी ३० बर्षीया देवकुमारी श्रेष्ठ घाईते भएकी थिईन । घाईतेलाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । दुबै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्