बिर्तामोड, असार ८ । विराट अर्जुन उपभोक्ता सहकारी संंस्था लि. ले डिस्पोजेवल तथा केमिकल सामग्रीको उपभोक्ता पसल सुरु गरेको छ ।

पुरानो भद्रपुर रोडको आदर्श व्यांक्वेटनजिक उपभोक्ता पसल राखेर सहकारीले होलसेल व्यापार सुरु गरेको हो ।
दैनिक प्रयोगमा आउने डिस्पोजेवल सामग्रीको व्यावसायिक कारोवार सुरु गरिएको र खरिदकर्ताले होलसेल मूल्यमा ती सामग्री पाउने संस्थाका अध्यक्ष नवीन खरेलले बताए ।
पसलको बुधवार झापा जिल्ला सहकारी संघका सचिव भवानीप्रसाद दंगालले उद्घाटन गरे। उनले बिराट उपभोक्ता जस्ता सहकारीको व्यावसायिक प्रवद्र्धनका लागि स्थानीय तहले पनि निश्चित बजेट छुट्याउन माग गरे ।

बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालले उत्पादन र व्यवसायिक क्षेत्रमा सहकारी संस्थाले लगानी बढाउँदै लैजानु पर्नेमा जोड दिए । अधिकृत दाहालले प्रतिस्पर्धी बजारमा उपभोक्ताले सुलभ मूल्यमा पाउनु पर्ने र पसलमा मूल्यसूची अनिवार्य राख्ने व्यवस्था गर्न सुझाव दिए । सहकारीका सदस्य सुमन शर्माले स्वागत गरेको कार्यक्रमको संचालन सचिव डिल्लीराज प्रसाईले गरेका थिए । कार्यक्रममा विभिन्न सहकारीका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्