बिर्तामोड , असार ९ । इन्धनको मूल्य बढेकाले अटो भाडा पनि बढाउनुपर्ने मागसहित बिर्तामोडका अटो चालकहरुले प्रदर्शन गरेका छन् ।

बिर्ताबजारबाट र्याली शुरु गरी बिर्तामोड बजार परिक्रमापछि उनीहरुले मुक्ति चौकमा कोणसभा गरेका थिए ।उनीहरुले लोकल भाडा ५० रुपैयाँ तोकिनु पर्ने माग गरेका छन् ।

पेट्रोल प्रतिलिटर ९४ रुपैयाँ हुँदा लोकल भाडा ३० रुपैयाँ तोकिएको थियो । अहिले पेट्रोलको मूल्य बढेर २०० रुपैयाँ पुग्दा त्यस भाडामा यात्रु बोक्न नसकिने उनीहरुले बताएका छन् । कोणसभामा नेपाल अटो मेकानिक ट्रेड युनियन (नाटु)का अध्यक्ष डिल्ली थापा , पूर्वेली मजदुर यातायात प्रालिका सचिव गणेश कोइराला , अटो चालकहरु सुजन थापा , दाताराम पाठकलगायतले बोलेका थिए । कार्यक्रममा पूर्वेली मजदुर यातायात प्रालिका अध्यक्ष हरि बाँस्कोटाको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्