झापा, असार ९ । नेपाल- भारत सीमावर्ती क्षेत्र विराटनगर- १५ स्थित २ नम्बर गेट नजिकबाट १३ वर्षीय बालिकाको उद्धार गरको छ ।

झापाको १३ वर्षीय बालिकालाई प्रलोभन देखाएर भारत लैजाने क्रममा प्रहरी र साना हात नामक संस्थाले सीमावर्ती क्षेत्रदेखि मंगलबार उद्धार गरेको हो । नयाँ लुगा किनिदिएर भारतमा आकर्षक तलब हुने काम लगाइदिने प्रलोभन देखाइ बालिकालाई बेच्ने तयारी भइरहेको सूचनाको आधारमा ती बालिकालाई उद्धार गरेको प्रहरीले जनाएको छ । गैरसरकारी संस्थासँगको सहकार्यमा बालिकाको उद्धार गरेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । प्रहरीले उनीहरुलाई झुक्याइ बेचबिखन गर्ने उद्देश्यले लैजाने दुईजना व्यक्तिलाई समेत पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेको मध्ये एकजना भारतीय नागरिक रहेका छन् । भारतको मुझपपुर घर भइ झापाको बिर्तामोडमा डेरामा बस्दै आएका २२ वर्षीय हिरा सहनी र १८ वर्षीय एक युवालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सहनी बारा जिल्ला घर भएकी युवती प्रेमी प्रेमिका हुन् । उनीहरूको सामाजिक सञ्जालमार्फत दुई वर्ष अगाडिदेखि चिनजान भएपछि नजिकिएका थिए । ‘सहनीले बारा घर भएकी प्रेमिकालाई फोन गरेर बिर्तामोड बलाएको रहेछन् । प्रेमिका आएपछि उनीहरू हिराको डेरामा पाँच दिन बसेका रहेछन् । त्यहीँका १३ वर्षीय बालिकासँग हिराको राम्रो चिनजान भएकोले नयाँ लुगा किनिदिएपछि ललाइफकाइ गरेर पहाड जानुपर्छ भन्दै डेराबाट लिएर आएको देखिएको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘पछि विराटनगर ल्याएपछि बोर्डरमा कसैले सोधे मेरा बाबुआमा कोही छैन । मेरो आफन्त भनेको मेरो उहाँहरु दाजु, दिदी हो । भन्न लगाएर भारत लैजाने क्रममा नियन्त्रणमा लिएको हो ।’इलाका प्रहरी कार्यालय रानी विराटनगरले उनीहरू विरुद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्दामा म्याद थप गरि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्