बिर्तामोड , असार ९ । नेपाल अटो मेकानिक्स ट्रेड यूनियन नगर समितिले बिर्तामोड नगरपालिकालाई ८ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ ।

विगत लामो समयदेखि श्रमिक तथा व्यवसायीहरुको हकहितमा आवाज उठउँदै आएको ट्रेड यूनियनले राज्यलाई तिरो तिर्दै रोजगारीको सिर्जना गरिरहेका ग्यारेज ब्यवसायीहरुले स्थानीय तहमा दर्तां समेत गर्न नसकिरहेको अवस्थाप्रति ध्यानाकर्षण गराउँदै विभिन्न माग राखेको हो । विगतको स्थानीय सरकारले अटो ल्यान्डको बहानामा बुट्टाबारीमा सम्पूर्ण वर्कसप ग्यारेज व्यवसायीलाई स्थानान्तरणका निमित पत्राचार गरेको र त्यसो नगरेमा नयाँ दर्तां र नविकरण समेत रोकेकोले जुन अत्यन्तै अव्यवहारिक र अवैज्ञानिक निर्णय ठहर गर्दै दुई पांग्रे तथा तीन पांग्रे सवारीसाधन यथास्थानमै मर्मत सम्भार गर्न पाउनु पर्ने,. बिर्तामोड नगरपालिकाकै कारणले दर्ता तथा नविकरण स्थगित भएको हुनाले अविलम्ब दर्ता नविकरण खुल्ला गरी आजको मितिदेखि अघिल्लो मितिलाई शुन्य समय मानी आगामी दिनमा नियमानुसारको दर्ता शुल्क लिई दर्ता तथा नविकरण गराइनु पर्ने,. दक्ष जनशक्ति उत्पादनको निमित्त बिर्तामोड नगरपालिकाले मेकानिकसम्बन्धी सीपमुलक तालिमको व्यवस्था गरी कम्तिमा बार्षिक ५० जना मेकानिक उत्पादन गर्ने व्यवस्था गर्नुपर्ने, जसका कारण स्थानीय नागरिकलाई श्रममा प्रत्याभूत गराई आयातित श्रमिकलाई विस्थापन मद्धत पुग्नेछ । नयाँ तथा पुराना वर्कसपहरुमा दर्ता नविकरण गराउनका लागि विभिन्न संघसंस्थाहरुका प्रतिनिधिसहित बजार अवलोकन गरी स्थानीय सरकारको दर्ताको दायरामा ल्याउनका निमित आवश्यक सहयोग उपल्बध गराउनु पर्ने, नयाँ तथा पुराना वर्कसपहरुलाई दर्ता गर्ने सिलसिलामा मेकानिक ट्रेड युनियनको सिफारिसमा मात्र दतां हुने गरिने व्यवस्था गरिनु पर्ने,. साप्ताहिक बन्दको निश्चित दिनको प्रत्याभूत गरिनु पर्ने , दर्ता शुल्क सम्बन्धमा अन्य नगरपालिकाको तुलनामा बिर्तामोड नगरपालिकाको दर्ता तथा नविकरण शुल्क महङ्गो भएको हुनाले न्यूनतम् दर्ता शूल्कको व्यवस्था गरिनुपर्ने र. सबै श्रमिकहरुको पञ्जीकरणको व्यवस्था गरिनुपर्ने माग रहेका छन् ।

नेपाल अटो मेकानिक्स ट्रेड यूनियन नगर समितिका अध्यक्ष डिल्लीबहादुर थापा , सचिव गणेश कोइरालासहितको टोलीले नगर प्रमुख पवित्रा महतारा प्रसाईलाई सो ज्ञापनपत्र बुझाएको थियो । नगर प्रमुख प्रसाईको व्यस्त समयका कारण ज्ञापनपत्र बुझाउने क्रममा सबै मेकानिक साथीहरुलाई समेटन नसकेको अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्