झापा , असार १० । संविधानसभा सदस्य तथा नेकपा एमालेका जिल्ला अध्यक्ष दीपक कार्कीको गौरादह ३ स्थित घरअगाडि प्रेसर कुकरबम फेला परेको छ ।

आज बिहान ५ः३० बजे आफ्नोे घरको मुल गेट्को अगाडि एउटा तार जडित कुकर फेला परेको कार्कीले बताए ।सोही घरमा उनका भाई पूर्वमन्त्री हिक्मत कार्की पनि बस्दै आएका छन् ।

सो वस्तु बम नभएर होक्स भएको र चारआली व्यारेकबाट आएको नेपाली सेनाको टोलीले अहिले केहीबेर अगाडि निश्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्