झापा , असार १० । मोरङको विराटनगर महानगरपालिका-१७ स्थित रहेको रघुपति जुटमिलको मेसिनले हात काट्दा १ जना अप्रेटरको मृत्यु भएको छ ।

हिजो राति १० बजे जुटमिलमा अप्रेटरको काम गर्ने मोरङ विराटनगर-१४ का ४२ वर्षीय राजो कामतको मेसिनमा काम गरिरहेको अवस्थामा अचानक मेसिनले बायाँ हातको कुमबाटै काटि घाइते भएका थिए । घाइते कामतलाई तत्काल उपचारका लागि विराट नर्सिङ होम विराटनगर लगिएकोमा डाक्टरले चेकजाँचको क्रममा मृत घोषणा गरेको हो । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्