झापा , असार १० । झापाको गौरादह नगरपालिका-९ बैगुनधुरा स्थित सडक छेउको नालीमा डुबेर १ जनाको मृत्यु भएको छ ।

स्थानीय ४१ बर्षीय बुद्धराम हेमरन बुधबार बिहान घरबाट काम गर्न भनि हिडेकोमा बेलुकासम्म घर फर्कि नआए पश्चात आफन्तले खोजतलास गर्ने क्रममा हिजो बेलुका ४ बजे घर नजिकै रहेको सडक छेउमा रहेको नालीको पानीमा डुबेर मृत अवस्थामा फेला परेका थिए । मृतकका लाश पोष्टमार्टमको लागि दमक अस्पताल पठाईएको र घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्