झापा, असार १० । झापाको कमल गाउँपालिका-६ स्थितमा सिटी रिक्सा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

हिजो दिउँसो ११ बजे मे.१ ह ६३१० नम्बरको सिटी रिक्सा अनियन्त्रित भई पल्टदा सिटीमा सवार रहेका उर्लाबारी नगरपालिका-८ मोरङका ३२ बर्षीय डिल्लीराम घोर्साने घाईते भएका थिए । घाईते घोर्सानेको थप उपचारको लागी बिराटनगर स्थित नोवेल अस्पताल ल्याईएकोमा अस्पतालमा उपचार हुन नसकि घरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा संलग्न सिटी र चालक दमक नगरपालिका १० झापाका लिलाबहादुर भुजेललाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्