झापा , असार १२ । झापामा १३ वर्षीया बालिकालाई यौनदुराचार गरेको अभियोगमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ ।

बुद्धशान्ति गाउँपालिका-४ जुनेली बस्ती बस्ने २६ वर्षीय बिजय राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । राईले बिहीबार साँझ बालिकालाई बालयौन दुरुपयोग गरेको भन्ने जाहेरी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्