झापा , असार १२ । शिवसताक्षी १० स्थित पर्यटकीयस्थल दोमुखामा लागूऔषधको कारोबार गर्ने पाँचजना पक्राउ परेका छन् ।

शनिबार अपरान्ह ४ बजे दोमुखामा लागूऔषध किनबेच गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । लागूऔषध किनबेच गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिले र अस्थायी प्रहरी पोष्ट माईधारबाट खटिएको प्रहरी टोलीले ईलाम माई ८ बस्ने २५ वर्षिय सुजेन्द्र राई, झापा कन्काई ३ बस्ने ४३ वर्षिय बेनुप्रसाद चिमरिया ,वडा नं.४ बस्ने ३२ वर्षिय हेमनारायण चौधरीलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा १७ ग्राम ब्राउनसुगर, नगद ८८ हजार ५ सय, २ थान मोबाइल, उनीहरुले प्रयोग गर्ने मे ५ प ५९९८ , प्रदेश १ –०१–०१३ प २५५८ र मे ४ प १६९५ नं को ३ वटा मोटरसाइकल बरामद भएको थियो ।

उनीहरुलाई अनुसन्धान गर्दा दमक १० बस्ने २८ वर्षिय सुजन राई र सोही ठाउँका २५ वर्षिय सुरज तामाङ समेत संलग्न रहेको खुलेपछि खोजतलास गर्दै जाने क्रममा शिवसताक्षी १० माईधारमा को ६ प ६९४८ नंम्बरको मोटरसाइकल रोकी बसिरहेको अवस्थामा फेला पारी उनीहरुलाई समेत नियन्त्रणमा लिईएको थियो ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय झिलझिलेमा राखी आइतबार झापा जिल्ला अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्