बिर्तामोड, असार १३ । झापाको अर्जुनधारा नगरपालिका-४ स्थित ह्युम पाइपमा बोरामा हालेर फ्याँकिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

अन्दाजी ३५-४५ उमेर समूहको लाग्ने युवकको शव आइतबार साँझ स्थानीयले फेला पारेर प्रहरीलाई खबर गरेका थिए । अनुहारमा चोटले नचिनिने अवस्था भेटिएको र ३/४ दिन पहिलेकै जस्तो भएकोले शव भेटिएको ईलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए । शरिरको अन्य भागमा निलडाम तथा धारिलो वस्तु प्रयोग गरेको चोट नभएको कुँवरले जानकारी दिए । आइतबार साँझ स्थानीयले बोराबाट गन्ध आइरहेको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । हालसम्म प्रहरीकोमा कोहीपनि हराएको भनेर निवेदन समेत नआएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्