झापा, असार १३ । पाँचथरको फाल्गुनन्द गाँउपालिका-३ पाङ्ग्रेभीर स्थित मेची राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।

हिजो बेलुका सवा ४ बजे झापाबाट पाँचथरको फिदिम जाँदै गरेको मे.१ ज २७८४ नम्बरको कार अनियन्त्रित भई सडकबाट ७०० मिटर तल झरी दुर्घटना हुँदा कार चालक झापा जलथल-५ का ४५ बर्षीय प्रकाश बुढाथोकीको घटनाथस्लमानै मृत्यु भएको र घाईते भएका पाचँथर फालेलुङ गाँउपालिका-१ का ३५ बर्षीय भिष्म केरुङको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्