कुमरखोद असार १३ । झापा गाउँपालिकाको आयोजनामा झापा गाउँपालिका स्तरीय उद्योग वाणिज्य संघ गठन भएको छ ।

झापा गाउँपालिकाका उद्योगी व्यवसायीहरुको हकहित संंरक्षणको लागि पालिका स्तरीय उद्योग वाणिज्य संघ तदर्थ समिति गठन भएको हो । पालिकाभित्र रहेका उद्योगी तथा व्यवसायीहरुको भेलाले ठोमनाथ नेपालको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

झापा गाउँपालिका वडा नं ४ मा रहेको डिल्लीराज माध्यमिक विद्यालयको सभाहलमा वडा अध्यक्ष मोहमद ताहिरको अध्यक्षता तथा झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । नेपालको अध्यक्षतामा गठन भएको उद्योग वाणिज्य संघको तदर्थ समितिको वरिष्ठ उपाध्यक्षमा मनोजकुमार गणेश , वाणिज्य उपाध्यक्षमा छत्र पाण्डे , उद्योग उपाध्यक्षमा वसुन्धरा थपलिया , महासचिवमा भविन्द्र भण्डारी,उद्योग सचिवमा मनोज खत्री, वाणिज्य सचिवमा लालबहादुर कार्की , कोषाध्यक्षमा विकास अग्रवाल तथा सदस्यहरुमा मनोज विष्ट ,हुमादेवी कार्की , मनोजकुमार राजवंशी , सुशिलराज जोशी , गुलावर मियाँ , प्रेमसागर मण्डल , प्रदिपकुमार दास र रामकृपाल गणेश रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शाहले नवगठित उद्योग वाणिज्य संघलाई दर्ता प्रक्रियामा सहयोग गर्नुका साथै आर्थिक सहयोग समेत गर्ने प्रतिबद्धता गरेका छन् । त्यसैगरी कार्यक्रमका विशिष्ठ अतिथि प्रदेश नं १ का उद्योग वाणिज्य संघका सदस्य कुमारमणी पोख्रेलले नवगठित संघलाई ५१ हजार रुपैयाँ सहयोग दिने घोषणा गरेका छन् ।

वडा अध्यक्ष हिमालकुमार चम्लागाईले स्वागत गरेको कार्यक्रममा विशेष अतिथि कन्काई उद्योग वाणिज्य संघका अध्यक्ष तुलसी विमलीले उद्योग वाणिज्य संघको गठन प्रक्रिया तथा औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा नागरिक समाजका अगुवा शिवकुमार कँडेंलले नवगठित पदाधिकारीहरुलाई वधाई तथा शुभकामना दिएका थिए । कार्यक्रमको संचालन भविन्द्र भण्डारीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्