झापा , असार १५ । अविरल बर्षाका कारण झापामा डुबानमा परेका करिव ७ सयजनालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

अविरल बर्षाका कारण विभिन्न नदी तथा खोलाहरुको बहाव बढ्न गई डुबानमा परेका स्थानीय बासिन्दाहरुलाई सशस्त्र प्रहरी नेपालको टोलीले स्थानान्तरण तथा उद्दार गरी सुरक्षित स्थानमा लगेको सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेमबहादुर भण्डारीले जानकारी दिए ।

हिजो गौरीगञ्ज गाउँपालिका १ को वालुबारी, बिर्खेवस्ती र टप्पु , गौरीगञ्ज २ को भाकुरमारी, पिण्डलगुड्डु ,वडा नं ४ को बेलगाछी, भद्रपुर नगरपालिका ८ को घोडामारा, बाह्रदशी गाउँपालिका २ को सुकुम्बासी बस्ती, झापा गाउँपालिका ६ को तल्लो चप्रामारी, गौरादह नगरपालिका ५ को चप्रामारी र गौरादह ६ को टंगुवा बस्तीमा डुबानमा परेका बाढीपीडितहरुलाई उद्धार गरिएको भण्डारीले बताए । गौरीगञ्जका डुबानप्रभावित स्थानहरुको झापा जिल्लाका सुरक्षा समितिका पदाधिकारी र गौरीगंज गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले स्थलगत अनुगमन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्