झापा , असार १५ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सामाजिक विभाग प्रमुख ज्वाला संग्रौलाले पार्टी छाडेकी छिन् ।

बिर्तामोड १० निवासी युवा नेतृ संग्रौलाले सामाजिक संजालमार्फत आफूले राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेको घोषणा गरेकी हुन् ।
मंगलबार राति सामाजिक संजालमा एक सन्देश जारी गर्दै उनले राप्रपा छोडेको घोषणा गरेकी हुन् । उनी राप्रपामा सामाजिक विभाग प्रमुख थिइन् ।

समाजसेवाबाट राजनीतिमा प्रवेश गरेकी ज्वालाले दर्जनौं परोपकारी काम गरिसकेकी छिन् । राप्रपा छोडेपछि उनी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने चर्चा चलेको छ ।
तर, यो बिषयमा उनले कुनै प्रतिक्रिया जनाएकी छैनन् । उनका समर्थक तथा शुभेच्छुकहरुले भने उनलाई लामिछानेले नेतृत्व गरेको रास्वपामा जान सुझाइरहेका छन् । छोटो अवधिमै राप्रपामा रहँदा उनले प्रभावकारी भूमिका निर्वाह गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्