झापा, असार १५ । मोरङको रंगेली नगरपालिका-७ स्थितमा स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।

हिजो दिउँसो साढे ३ बजे माउन्टेन मकालु बोर्डिङ स्कुलको को. १ क ११३० नम्बरको बसले स्कुलको गेट अगाडि सोहि स्कुलका बिद्यार्थी रंगेली-७ का महादेव मण्डलको ४ बर्षीय छोरा रितिक मण्डल र रंगेली-६ का नरेश मण्डलकी ५ बर्षीया छोरी सुनमकुमारी मण्डललाई ठक्कर दिँदा घाईते भएका थिए । बसको ठक्करबाट घाईते भएका दुबै जनाको तत्काल उपचारको लागि टाईम्स अस्पताल रंगेली लगिएकोमा रितिकको अस्पतालमा पुर्याउनासाथ मृत्यु भएको थियो भने सुनमको बिराटनगर स्थित न्युरो अस्पतालमा थप उपचार भईरहेको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्