झापा ,असार १५ । हिजो बेलुका कचनकवल गाउँपालिका १ घेराबारीमा खोलाले बगाउँदै गरेको एक व्यक्तिलाई उद्धार गरिएको छ ।

बेलुका ७.४० बजे घेरावारीस्थित जमुना खोलाले बगाउँदै गरेको प्रकाश मलाहालाई जीवितै उद्धार गरिएको हो । पुलमा अड्किरहेको अबस्थामा स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लगातार वर्षाका कारण झापामा थप क्षति भएको छ । यसक्रममा अविरल वर्षाका कारण भद्रपुरमा कल्भर्ट भत्किँदा सडक अवरुद्ध भएको छ । भद्रपुर नगरपालिका- १० स्थित देउनियाँ उत्तर बरगाछी टोल हुँदै सेन्टकुजुर जोड्ने सडकखण्डको कल्भर्ट मंगलवार भत्किएको हो । जसकारण आवतजावत अवरुद्ध भएकोले त्यहाँका स्थानीयले समस्या झेल्नु परेको छ ।

त्यस्तै हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज १ स्थित बनियानी खोलाको पुलमा पनि क्षति पुगेको छ । त्यसैगरी गौरीगञ्ज २ स्थित पिण्डलकुट्टु बस्तीमा कमल खोलाको बाढी पस्दा १८ घर विस्थापित भएका छन् । पानी जम्दा पिण्डलकुट्टुकै थप ७ घर विस्थापित भएको र विस्थापितहरुलाई आमगाछी प्राविमा राखिएको छ । त्यस्तै गौरीगञ्ज २ का दासचौरीका १२ परिवार बाढीका कारण विस्थापित बनेका छन् । उनीहरुलाई शिशुकल्याण आधारभूत विद्यालयमा सारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्