झापा , असार १५ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सामाजिक विभाग प्रमुख ज्वाला संग्रौलाले राजीनामा दिएको भोलिपल्ट खेलकुद विभाग प्रमुख दमन बस्नेतले पनि पार्टी परित्याग गरेका छन् ।

उनले साधारण सदस्य समेत नरहने गरी राजीनामापत्र केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनलाई बुझाएका छन् । महाधिवेशनपछि जुन उत्साहका साथ सही बाटोमा सबै पक्षलाई समेटेर पार्टी अघि बढ्नुपर्नेमा पार्टी दिनप्रतिदिन उन्माद , अहंकार र आलोकाचोपनको शिकार हुँदै गएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् ।

यसअघि बिर्तामोड १० निवासी युवा नेतृ संग्रौलाले सामाजिक संजालमार्फत आफूले राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेको घोषणा गरेकी थिइन् । मंगलबार राति सामाजिक संजालमा एक सन्देश जारी गर्दै उनले राप्रपा छोडेको घोषणा गरेकी हुन् । उनी राप्रपामा सामाजिक विभाग प्रमुख थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्