बिर्तामोड, असार १५ । सामाजिक कथावस्तुमा आधारित नेपाली कथानक लघु चलचित्र “कोइला” को निर्माण कार्य सम्पन्न भएको छ ।

युनिक मिडिया हाउसको व्यानरमा तयार भएको लघु चलचित्र “कोइला” मा कलाकार बन्ने सपना लिएर गाउँदेखि शहर पसेको र उसले गरेको संघर्षको कथालाई मुख्य बिषयवस्तु बनाइएको छ ।
राज शेर्माको लेखन तथा निर्देशन रहेको ‘कोइला’ मा मिस झापा २०२१ की फस्ट रनरअप सविना बस्नेतका साथै आदर्श लिम्बू, राजन निरौलाको भूमिका रहेको छ ।

साथै परिवारबाट एक्लिएको एक व्यक्तिको जीवन ब्यथा पनि यस लघु चलचित्रमा समेटिएको निर्देशक राज शेर्माले बताए । उनका अनुसार रात सबैको भाग्यमा हुन्छ तर निन्द्रा नहुन सक्छ, कतिपय अवस्थामा राम्रो कलाकारहरु सहि ठाउँ नपाएर बिलाएर गएका छन् भन्ने तितो यथार्थलाई चित्रण गर्न खोजिएको छ ।
नगेन धिमालले छायांकन गरेको लघु चलचित्र “कोइला” मा झापा बिर्तामोडका विभिन्न स्थान समेटिएको छ । यही असार १७ गते लघु चलचित्र कोइलाको प्रदर्शन गरिने निर्देशक शेर्माले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्