झापा , असार १५ । लगातार वर्षाका कारण हुलाकी राजमार्गअन्तर्गतको पुल भत्किएको छ ।

हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज १ स्थित कमलबनियानी खोलाको पुलमा क्षति पुगेको हो ।बाढीले पुलको एकापट्टिको भाग भत्काएको र आवतजावतमा समस्या देखिएको छ ।

त्यस्तै अविरल वर्षाका कारण भद्रपुरमा कल्भर्ट भत्किँदा सडक अवरुद्ध भएको छ । भद्रपुर नगरपालिका– १० स्थित देउनियाँ उत्तर बरगाछी टोल हुँदै सेन्टकुजुर जोड्ने सडकखण्डको कल्भर्ट मंगलवार भत्किएको हो । जसकारण आवतजावत अवरुद्ध भएकोले त्यहाँका स्थानीयले समस्या झेल्नु परेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्