झापा, असार १५ । वर्षा कम हुन थालेपछि झापाका विभिन्न स्थानबाट विस्थापित भएका डुबान पीडितहरू घर फर्किन थालेका छन्।

बुधबार दिउँसोदेखि वर्षा कम हुन थालेको हो । नेपाल रेडक्रस सोसाइटी झापा शाखाका अनुसार विस्थापित २८९ मध्ये १७६ परिवार घर फर्किसकेका छन् ।

धेरैजसो पीडित भने अझै नजिकैको विद्यालय, धर्मशाला र मन्दिरहरुमा आश्रित छन्। आश्रितहरूलाई नेपाल रेडक्रस सोसाइटी र विपद् व्यवस्थापन समितिले विभिन्न राहत वितरण गरेको छ। रेडक्रसले बुधबार गौरीगञ्ज १ का ५० बढी विस्थापित परिवारहरूको लागि ६० थान त्रिपाल र ६० थान हाईजिन किट वितरण गरेको छ । जिल्लास्थित सुरक्षा निकाय, राजनीतिक दल तथा जनप्रतिनिधिहरूको टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्