दमक, असार १६ । दमकस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत कर्मचारी दिपक नेपालको ट्रकको ठक्करबाट मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कमल ४ चुलाचुली मोेडमा गएराति ११.२० बजे ट्रकको ठक्करबाट घाईते दमक ९ का अन्दाजी ३६ बर्षिय नेपालको दमक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

पश्चिमतर्फ आउँदै गरेको ना ७ ख ८७३५ नम्बरको ट्रकले विपरित दिशामा रहेको प्र. १–०१–०१२ प १४५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक नेपालको मृत्यु भएको हो । ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्