बिर्तामोड, असार १६ । रोटरी क्लब अफ बिर्तामाडको अध्यक्षमा व्यवसायी तथा उद्योगी ओमकृष्ण बिमली चयन भएका छन् ।

बिमली वर्ष २०२२– २३ का लागि अध्यक्ष भएका हुन् ।
त्यस्तै २०२३–२४ को अध्यक्षमा भने बबिता गिरी चयन भएकी छन् भने मनोनित अध्यक्षमा सुरेश अग्रवाल चयन भएका छन् ।

क्लबको उपाध्यक्षमा प्रकाश शिवाकोटी र दिपक गिरी तथा सचिवमा सञ्जीव घिमिरे चयन भएका छन् । कोषाध्यक्षमा अमोद आचार्य, सहायक कोषाध्यक्षमा सुशील अग्रवाल चयन भए ।
क्लबको डाइरेक्टर टिआरएफमा राजकुमार पोखरेल, डाइरेक्टर सर्भिस प्रोजेक्टमा विनोद बस्नेत, डाइरेक्टर क्लब एडमिनिस्ट्रेसनमा निकिता गिरी, डाइरेक्टर मेम्बरसिपमा मीनप्रकाश मैनाली चयनमा भएका छन् । त्यस्तै, डाइरेक्टर युथ सर्भिसमा डा. सन्ध्या राठी, डाइरेक्टर पब्लिक इमेजमा निर्मल भट्टराई, क्लब मेन्टरमा सुरेश बंशल, क्लब ट्रेनरमा कुमार गिरी, सर्जन्ट एट आम्र्स कुमार गिरी (जे) चयन भएका छन् ।

क्लबको चेयर एडमिनिस्ट्रेसनमा विनिता गट्टानी, चेयर टिआरएफमा पवन खेडिया, चेयर सर्भिस प्रोजेक्टमा अशोक ढुंगाना, चेयर युथमा सैलेन्द्र कुरुम्बाङ, चेयर मेम्बरसिपमा आशा आचार्य र पब्लिक इमेजमा पार्वता खरेल चयन भएका छन् । नयाँ कार्यसमितिको पद हस्तान्तरण यही असार अन्तिम साता हुने क्लबका अध्यक्ष नविन गट्टानीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्