भद्रपुर, असार १७ । पत्रकारिता र सामाजिक गतिविधिमा सक्रिय युवा ईश्वर अधिकारी रोटरी क्लव अफ भद्रपुरको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।


रोटरी क्यालेन्डर अनुसार जुलाइ १ तारेखदेखि पुरानो समितिको पदावधि पूरा हुने हुँदा प्रस्तावित अध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान अनुसार अधिकारी सन् २०२२÷२३ को अध्यक्षमा चयन भएका हुन् ।
एक वर्षे कार्यकाल हुने रोटरीको नेतृत्व लिएका अधिकारी नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व कोषाध्यक्ष, खोजपत्रकारिता मञ्च चन्द्रगढीका संस्थापक अध्यक्षलगायत जिम्मेवारी सम्हाल्दै आएका छन् । उनी हाल नागरिक एफ. एम. भद्रपुरको कार्यक्रम निर्देशक तथा आँखा डटकमका सम्पादक समेत हुन् ।

सामाजिक कार्यमा सक्रिय अन्तर्राष्ट्रिय संस्था रोटरी क्लवमा तीन वर्ष अगाडि नै प्रेसिडेन्ट, प्रेसिडेन्ट नोमिनी र प्रेसिडेन्ट इलेक्ट चयनको व्यवस्था गरिएको छ । भद्रपुर रोटरीको अन्य पदमा क्रमशः सचिवमा पवनकुमार श्रेष्ठ, प्रेसिडेन्ट इलेक्टमा सन्तोष पोखरेल, प्रेसिडेन्ट नोमिनीमा विनोद चापागाई, ज्वाइन्ट सेक्रेटरीमा उज्वल श्रेष्ठ, ट्रेजररमा किशोर पराजुली, क्लव डाइरेक्टरमा कविन राई, मेम्वरसिप डाइरेक्टरमा राजकुमार पोखरेल, पब्लिक रिलेसन डाइरेक्टरमा नितेश वर्मा, रोटरी फाउन्डेसन चेयरमा टिकाराज ढकाल, सर्भिस प्रोजेक्ट डाइरेक्टरमा धनजुजु श्रेष्ठ, सरजेन्ट एट आम्र्समा प्रज्वल राई, क्लव टे«नरमा आदित्य पराजुली, क्लव मेन्टरमा दिपेश ढकाल, आइटी अफिसरमा निरज पराजुली, युथ सर्भिसमा भेषराज ढकाल, सोसियल मिडिया तथा क्लव बुलेटीनमा प्रदिप सरावगी र वेभ मास्टरमा लोकबन्धु ढुंगाना चयन भएका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्