झापा , असार १७ । धनकुटा र सुनसरीमा हिजो करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।

हिजो बिहान साढे १० बजे धनकुटा छथरजोरपाटी गाउँपालिका-१ हातिखर्क मा.वि. बुङका २९ बर्षीय लक्ष्मण लिम्वू छिमेकीको घरको बिजुली बनाउनको लागि बिजुलीको पोलमा चढ्दा करेन्ट लागेर उनको मृत्यु भएको छ । यसैगरी हिजै दिउँसो सवाँ १ बजे सुनसरी ईनरुवा नगरपालिका-१ पूर्व टोलका ४४ बर्षीय कुलदेव सदा आफ्नो घरको कोठामा रहेको सिलिङ पंखा जोड्ने क्रममा करेन्ट लागेर घाईते भएका थिए । उनको उपचारको क्रममा साढे १ बजे जिल्ला अस्पताल ईनरुवामा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्