बिर्तामोड , असार १७ । बिर्तामोड नगरपालिका पूर्ण खोपयुक्त नगरपालिका घोषणा हुने भएको छ ।

शुक्रबार नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले बिर्तामोडलाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गर्ने निर्णय गरेको हो ।

खोप समन्वय समितिको शुक्रवार बिहान बसेको बैठकले बिर्तामोडका १० वटै वडाहरुमा सम्पूर्ण प्रक्रिया पूरा गरी पूर्ण खोपयुक्त वडा घोषणा भईसकेको जनाउँदै नगरपालिकालाई पूर्ण खोपयुक्त नगर घोषणाका लागि कार्यपालिकामा प्रस्ताव गरेको थियो ।

२३ महिनाभन्दा मुनिका बच्चाहरुले सबै प्रकारका खोप लगाई खोपको पूर्ण सुनिश्चितता भइसकेकोले बिर्तामोडका सबै वडालाई यसअघि नै पूर्ण खोपयुक्त वडा घोषणा गरिसकिएको छ । बिर्तामोडमा पूर्ण खोपका लागि शतप्रतिशत प्रगति हासिल गरेको खोप समन्वय समितिले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्