बिर्तामोड , असार १७ । बिर्तामोड नगरपालिका वडा नं ३ र १० मा राजवंशी समाज विकास समितिको वडा समिति गठन भएको छ ।

शुक्रबार राजवंशी समाज विकास समिति बिर्तामोड ३ को दोस्रो वडा अधिवेशनले मोहन राजवंशीको अध्यक्षतामा वडा समिति गठन गरेको हो । जसको उपाध्यक्षमा जितेन्द्र राजवंशी,आनन्दी राजवंशी,सचिव नगेन्द्र राजवंशी,सहसचिव भुपाल राजवंशी र कोषाध्यक्षमा सरिताकुमारी राजवंशी रहेका छन् । त्यस्तै सदस्यहरुमा राजकुमार राजवंशी, रन्जितकुमार राजवंशी, रणबहादुर. राजवंशी, राजकुमारसिंह राजवंशी, राजु राजवंशी, भुपेन्द्र राजवंशी,कल्ठु राजवंशी, हिरानाथ राजवंशी र बिमलादेवी राजवंशी चयन भएका छन् । रासविसका नगर समितिका सचिव बालकृष्ण राजवंशीको प्रमुख आतिथ्य एवं मोहन राजवंशीको अध्यक्षतामा सो भेला सम्पन्न भएको थियो ।

त्यसैगरी बिर्तामोड १० मा धनबहादुर राजवंशीको अध्यक्षतामा रासविसको वडा समिति गठन भएको छ । जसको उपाध्यक्षमा लीला राजवंशी , मागवती राजवंशी , सचिव नगेन्द्र राजवंशी , सहसचिव रेखा राजवंशी र कोषाध्यक्षमा उमा राजवंशी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा भक्तसिंह राजवंशी , पार्वती राजवंशी , गोपाल राजवंशी , दलबहादुर राजवंशी , कृष्णकुमारी राजवंशी , गुरुप्रसाद राजवंशी , सावित्री राजवंशी र गणेश राजवंशी रहेका छन् । त्यस्तै किसनलाल राजवंशीको संयोजकत्वमा सल्लाहकार समिति गठन भएको छ । जसको सदस्यहरुमा सडकलाल राजवंशी र विरबहादुर राजवंशी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्