झापा , असार १७ ।नेपाल विद्यार्थी संघ झापाले सरकारी गाडी दुरुपयोग नगर्न सम्बन्धित निकायलाई आव्हान गरेको छ ।

काम बिना सार्वजनिक बिदाको दिन सरकारी गाडी दुरुपयोग भइरहेको व्यापक जनगुनासो आएको हुँदा सरकारी गाडी दुरुपयोग नगर्न सम्बन्धित निकायलाई आव्हान गर्दै दुरुपयोग गरेको पाईएमा नेविसंघ झापाले सवारीसाधनलाई नियन्त्रणमा लिने चेतावनी दिएको छ । असार ११ गते विद्यार्थी संघ झापाको बैठक बसी सो निर्णय गरिएको जिल्ला सभापति राजेन्द्र उप्रेतीले जनाएका छन् ।

बैठकले झापामा संचालनमा रहेका संस्थागत विद्यालयहरुको गत शैक्षिकसत्रको शुल्क र यस बर्षको शुल्कको प्रारूप नेविसंघ गाउँ÷नगरपालिका समितिले संकलन गरी जिल्ला समितिलाई पठाउने निर्णय गरेको छ । साथै सामुदायिक विद्यालयले विद्यार्थीबाट शुल्क लिएको जानकारी आएको भन्दै ती विद्यालयको बारेमा जानकारी गराउने निर्णय गरिएको उप्रेतीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्