झापा , असार १८ । अविरल वर्षापछि माथिबाट खसेको पहिरोले घर पुरिँदा पाँचथरको फालेलुङ गाउँपालिका–७ मा ३ जना बेपत्ता भएका छन् ।

गएराति १० बजेतिर बिहिदिन बजारनजिकै रहेको दलबहादुर मगरको घर पहिरोले पुर्दा तीन जना बेपत्ता भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।
उनका अनुसार पहिरोमा दलबहादुरका ४२ वर्षीय छोरा दलप्रसाद, ३८ वर्षीया बुहारी गोमा र १९ वर्षीया भतिजी एलिसा मगर बेपत्ता भएका छन् । दलबहादुरलाई भने स्थानीयले तत्कालै उद्धार गरेका थिए ।


स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले बेपत्ताहरूको खोजी गरिरहेको न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्