झापा , असार १९ । सुनसरीको रामधुनी नगरपालिका-३ सिघियामा नहरको पानीमा डुवेर एकजनाको मृत्यु भएको छ ।

आज दिउँसो पौने १२ बजे स्थानीय ५० बर्षीय महमत मियाँ नहरमा हात खुट्टा धुने क्रममा लडी पानीमा डुवेका थिए । उनलाई पानीमा डुवेको अवस्थामा स्थानीयले उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लगेकोमा अस्पताल पुर्याउनासाथ उनको मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय पकलीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्