झापा , असार २० । झापाको हल्दिबारीमा पानीसँग परेको चट्याङ लागेर एउटा गाई मरेको छ ।

चट्याङ लागेर हल्दिबारी ४ निवासी भीमप्रसाद खनालले पालेको ७० हजार रुपैयाँ पर्ने बियाउने गाई मरेको हो । हल्दिवारी गाउँपालिकाको कार्यालय आसपास परेको चट्याङले गाउँपालिकाको नवनिर्मित भवनमा समेत क्षति पुर्याएको छ । वर्षा याम सुरु भए यता हल्दिवारी गाउँपालिकामा चट्याङले लाखौँको नोक्सानी भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रवीण दाहालले जानकारी दिए ।