बिर्तामोड ,असार २० । राजवंशी समाज विकास समिति बिर्तामोड नगर समितिको तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ ।

बिर्तामोड ३ स्थित गौरवती सतानुसिंह राजवंशी स्मृति प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रमको उद्घाटन रासविसका केन्द्रीय सदस्य आसिनलाल राजवंशीले गरेका थिए ।

नगर अध्यक्ष जितलाल राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा रासविसका जिल्ला अध्यक्ष दिनेश्वर राजवंशी , उपाध्यक्ष नौताली राजवंशी , सचिव मुनिलाल राजवंशी ,संविधानसभा सदस्य अमृतलाल राजवंशी , राजवंशी धर्म संस्कार समितिका अध्यक्ष लखनलाल राजवंशी , बिर्तामोड नगरपालिकाका कार्यपालिका सदस्यहरु शर्मिला राजवंशी , जगतबन्धु राजवंशी ,प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए । त्यस अवसरमा राजवंशी समुदायका चिकित्सकहरु डा. रन्धीर राजवंशी , ममता घिरैया राजवंशी , वयोवृद्धा डालोसरी राजवंशी , जग्गादाताहरु दुर्गा राजवंशी, दुर्गा राजवंशी र दिपेन्द्र राजवंशीलाई सम्मान गरिएको थियो । त्यस्तै अन्य जग्गादाताहरु स्व. भीम राजवंशी र स्व. जुवारी राजवंशीलाई मरणोपरान्त सम्मान गरिएको थियो । उपाध्यक्ष सम्भा राजवंशीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव बालकृष्ण राजवंशीले गरेका थिए ।

अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको छ । समितिको अध्यक्षका लागि जितलाल राजवंशी , अर्जुन राजवंशी र मिथुन राजवंशीले उम्मेदवारी दिएका छन् । तीनजनाको उम्मेदवारी परेपछि असार २३ गते निर्वाचन कार्यक्रम राखिएको सचिव बालकृष्ण राजवंशीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्