झापा , असार २० । कोरियामा रहेका नेपाली विद्यार्थीहरुको संस्था SONSIK र KUAAN काे सहयोगमा हल्दिवारीका ८ वटा विद्यालयका कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

आइतबार जनता ,नवसिर्जना र राष्ट्रिय एकता प्रा.वि का ३० जना विद्यार्थीहरुलाई स्कुल व्याग , कपी , पेन्सिल, ज्योमट्री बक्सलगायतका शैक्षिक सामग्री वितरण गरिएको थियो भने सोमबार दिपेन्द्र आधारभूत विद्यालय, रामेश्वर प्रा.वि , शान्ति प्रा.वि.,दुर्गा देवी प्रा.वि,पञ्चायत मा.वि र दीपेन्द्र आधारभूत विद्यालयका ५० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । राष्ट्रिय एकता प्रा.वि.का विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण अधिकारीको अध्यक्षता, वडा नं.–२ की वडा सदस्य अम्बिका तोलाङ्गीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षक बिष्णुप्रसाद राजवंशीले गरेका थिए ।

त्यस्तै दिपेन्द्र आधारभूत विद्यालयका निवर्तमान प्रधानाध्यापक दिर्घराज आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि हल्दिवारी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष बिष्णुप्रसाद ओली, विशेष अतिथि वडा नं ४ का वडा सदस्य सुरेन्द्र बाराकोटी, हल्दिवारी गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख जनककुमारी राई, अतिथिहरुमा रामेश्वर प्रा.वि.का प्रअ मेनका शर्मा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोविन्द घिमिरे,दुर्गादेवी प्रा.वि.का प्रअ श्यामाकुमारी तिम्सिना, शिक्षिका ललिता खड्का,पञ्चायत माविका शिक्षक योगेश सुवेदी, व्यवस्थापन समिति सदस्य भिम काफ्लेलगायतको उपस्थिति रहेको थियो।

कोरियामा रहेका विद्यार्थीहरुको संस्थासंग कम्प्युटर शिक्षक शान्त पौडेलले समन्वय गरेका थिए । SONSIK र KUAAN काे १४औ कार्यसमितिको पदावधि सकिनै लाग्दा सहसचिव मनिश पाण्डेको संयोजनमा रू ९० हजार बराबरको सहयोग प्राप्त भएको पौडेलले बताए। कार्यक्रमको संचालन दिपेन्द्र आधारभूत विद्यालयका प्रअ केशव चुडालले गरेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्