एजेन्सी ।अमेरिकाको सिकागोमा स्वतन्त्रता दिवसको परेडमा गोली चल्दा ६ जनाको मृत्यु भएको छ । घटनामा २४ जना घाइते भएका छन्।

बीबीसीका अनुसार सोमबार परेड सुरु भएको १० मिनेटपछि परेड मार्गमा खुला फायरिङ गरिएको थियो। अमेरिकाभर २४६औँ स्वतन्त्रता दिवस मनाइरहँदा नजिकैको भवनबाट गोलीबारी भएको हो। हाइलैन्ड पार्कका प्रहरी प्रमुखले सो हमलामा संलग्न २२ वर्षिय एक संदिग्ध युवकलाई पक्राउ गरिएको बताएका छन् । प्रहरीले एक राइफल पनि बरामद गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्