झापा, असार २१ । मोरङका तिन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागूऔषध ट्याब्लेटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतिय बजारबाट नेपालतर्फ आउँदै गरेका पथरी शनिश्चरे नगरपालिका-१ का ४४ बर्षीय भानु याङदेनलाई सोमबार दिउँसो लागूऔषधसहित पक्राउ गरेको हो । याङदेनको साथबाट प्रहरीले लुपिजेसिक ७० एम्पुल, फेनारगन ६० एम्पुल, डाईजोपाम ७० एम्पुल र एभिल ७० एम्पुल बरामद गरेको हो । यसैगरी लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले धरान – ११ का ३८ बर्षीय राजु घिमिरेलाई बिभिन्न किसिमका लागूऔषध ट्याब्लेटसहित पक्राउ गरेको हो । घिमिरेको साथबाट प्रहरीले लुपिजेशिक -२० एम्पुल, एभिल-२० एम्पुल, डाईजेल्याब-२० एम्पुल र फेनरागन-२० एम्पुल बरामद गरेको थियो । यसरी लागूऔषधसहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्