झापा , असार २१ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजना मेची पुलमा पक्राउ परेका छन् ।

मंगलबार दिउँसो ३.२० बजे ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर वडा नं.६ स्थित मेचीपुलमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका मोरङ पथरीशनिश्चरे २ बस्ने २२ वर्षिय मिलन दर्जीलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ९ ग्राम ब्राउनसुगर फेला परेकोले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्