एजेन्सी । बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्य मन्त्री साजिद जावेदले राजीनामा दिएका छन् ।
![](https://pratidindaily.com/wp-content/uploads/2022/07/61634ce7-dcc5-4781-bb29-a48055ac9202.jpg)
ऋषि सुनकले राजीनामा घोषणा गर्दै भनेका छन् ‘ सरकार ठीक ढंगले नचलेको कुरा जनताले सोच्नु सही रहेछ । त्यसकारण मैले राजीनामा दिने निर्णय गरेको छु ।’
सुनकबाहेक बोरिस जोनसन सरकारका स्वास्थ्य मन्त्री साजिद जावेदले पनि राजीनामा दिइसकेका छन् ।