बिर्तामोड , असार २२ । राजवंशी धर्म संस्कार समिति झापाको तेस्रो अधिवेशन सम्पन्न भएको छ ।

बिर्तामोड ३ स्थित गौरवती सतानुसिंह राजवंशी स्मृति प्रतिष्ठानको सभाहलमा भएको अधिवेशनले गोगप्रसाद राजवंशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा कालीप्रसाद राजवंशी , सचिव जयनारायण राजवंशी , सहसचिव बासीलाल राजवंशी र कोषाध्यक्षमा चिन्ता राजवंशी चुनिएका छन् । त्यस्तै सदस्यहरुमा नरेश राजवंशी , बुधलाल राजवंशी , लोकप्रसाद राजवंशी ,प्रफुल राजवंशी ,मनिकण्ठ राजवंशी ,खड्गनारायण राजवंशी , जन्मजय राजवंशी र सुनिता राजवंशी रहेका छन् ।

राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष भीमराज राजवंशीले अधिवेशनको उद्घाटन गरेका थिए । समितिका अध्यक्ष लखनलाल राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा राजवंशी समाज विकास समितिका जिल्ला अध्यक्ष दिनेश्वर राजवंशी , नगर अध्यक्ष जितलाल राजवंशी , राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए । उपाध्यक्ष जमुना राजवंशीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव पानीलाल राजवंशीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्