झापा , असार २२ । उदयपुर र सोलुखुम्बुका छुट्टाछुट्टै दुई स्थानमा चट्याङ लागि २ जनाको मृत्यु भएको छ ।

मंगलबार बेलुका साँढे ६ बजे उदयपुरको चौदण्डीगढी-५ का २५ बर्षीय रोशन चौधरी खेतमा काम गरी घर फर्कदै गरेको अवस्थामा अचानक पानी संगै परेको चट्याङले लागेर घाईते भएका थिए । घाईते चौधरीलाई तत्काल ईलाका प्रहरी कार्यालय सुन्दरपुरको प्रहरी टोलीले उपचारको लागि स्थानीय फत्तेपुर अस्पताल लगेकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो भने सोलुखुम्बु थुलुङ दुधकोशी-९ साउरेका एक बालकको चट्याङले लागेर मृत्यु भएको छ । मंगलवार बेलुका ७ बजे आमा पाकमाया तामाङसँगै मावल जाने क्रममा बाटोमा बर्षासँगै परेको चट्याङ लागि ७ बर्षीय सुजन तामाङको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्