झापा , असार २३ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका- ७ देउसाका सागर राईको अवस्था अज्ञात बन्दै गएको छ ।

पौडी खेल्ने क्रममा ७ दिनदेखि खोलामा बेपत्ता बनेका २८ वर्षीय राईको अवस्था अज्ञात बन्दै गएको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर-७ का वडाअध्यक्ष भोजराज कार्कीले जानकारी दिए । मजदूरीका लागि रुपन्देहीको ओमसत्यायी गाउँपालिका-४ मा रहेका राईलाई सोहि ठाउँको दण्ड खोलाले असार १५ गते बेपत्ता बनाएको थियो । राईको खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित जनप्रतिनिधि सक्रिय भएपनि हालसम्म फेला पार्न नसकेको कार्कीले बताए । उनको खोजीका लागि वडाध्यक्ष कार्कीसहितको टिम घटनास्थलमा पुगे पनि पत्ता लगाउन नसकेको हो क।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्