बिर्तामोड, असार २४ । असार १२ गते हत्या गरेर झापा अर्जुनधारा-४ स्थित जुकेखाडी-साहसी टोलभित्रको ह्युमपाइपमा फ्याँकिएका भारत गुजरातका ४० वर्षीय जपडिया नरेश कुमार बाबु भाइको हत्या आरोपमा फरार एक जना पक्राउ परेका छन् ।

हत्या गरेर फरार भएका सुन्दर हरैँचा-६ मोरङका २४ बर्षीय सैलेश सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।
सापकोटालाई शुक्रवार नेपाल भारत सीमाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न अर्जुनधारा-७ की ३२ वर्षीया जानुका देवी थापा, उनका श्रीमान ४९ वर्षीय विजय भन्ने बृखबहादुर थापा र सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका-१० बस्ने २५ बर्षीय सुरेश परियारलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । सापकोटा जानुकाको फुपुको छोरा भएको बताइएको छ । पक्राउ परेका सापकोटाले जानुकाबाट सुपारीबापत एक लाख रुपैयाँ लिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्