झापा , असार २६ । संखुवासभाको चैनपुर नगरपालिका-६मा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

हिजो बेलुका साढे ४ बजे चैनपुर-६मा बरुण हाईड्रोपावरको ३३ केभि प्रसारण लाईन मर्मत गर्ने क्रममा उक्त हाईड्रोपावरका प्लान अप्रेटर राप्ती गाउँपालिका-३ दाङका २५ बर्षीय दिपक न्यौपानेलाई करेन्ट लागेर घाईते भएकोमा तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो । मृतकको शवलाई पोष्टमार्टमको लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाईएको र घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय चैनपुरबाट थप अनुसन्धान भईरहेको छ ।