झापा , असार २६ । सुनसरीको बराहक्षेत्र नगरपालिका-६ सिसौलीबाट प्रहरीले अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।

आज बिहान ३ बजे बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले सप्तकोशी नदीको दुईवटा भङ्गालो बिच टापुमा लुकाई छिपाई राखेको अवस्थामा १२२ किलोग्राम (५ बोरा) अवैध लागूऔषध गाँजा फेला पारेको हो । उक्त फेला परेको गाँजालाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई राखिएको र ओसार पसारमा समलग्न व्यक्तिहरुको खोजतलास तथा अन्य अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्