झापा, असार २६ । ईलाम माई नगरपालिका ५ धोबिखोला बस्ने ८२ बर्षीय प्रेमबहादुर आङदम्बे लिम्वूको रुखले किचेर मृत्यु भएको छ ।


आज बिहानको राति २ बजे पानीसँगै आएको हावाहुरीले घर नजिकै रहेको सखुवाको रुख ढलि बाँसको टाँटी टिनको छानो भएको घर किच्दा सोही घरमा सुतिरहेका बृद्ध लिम्वूको घटनास्थलमा नै मृत्यु भएको थियो । घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी दानाबारी र जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटि गई कानुनी प्रकृया तथा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्