झापा , असार २५ । थाइल्यान्डमा सम्पन्न WeQueen Miss & Mrs Diva Worldwide 2021मा झापाकी मनिशा राजवंशीले फस्ट रनरअपको उपाधि हात पारेकी छन् ।

झापामा जन्मिएर मास्टर डिग्री सकाउनै लागेकी मनिशाले यसअघि पनि मिस्टर एण्ड मिस राजवंशी २०१८ को सेकेन्ड रनरअप र मिस ग्रीस काठमाण्डुको सेकेन्ड रनरअपको उपाधि जितिसकेकी छन् ।समाजसेवामा पनि उत्तिकै रुचि राख्ने मनिशालाई न्यू राइज इन्टरटेनमेन्टले मिस दिभा वल्र्डवाइड २०२१ को विजेता भएपछि WeQueen Miss & Mrs Diva Worldwide 2021 मा प्रतिस्पर्धा गर्न नेपालबाट पठाएको थियो । फाईनल घोषणा गत २७ जनवरीमा थाइल्यान्डमा भएपनि कोभिडको कारणले नेपालमा भने जुलाईमा क्राउनिङ गर्दै उनलाई ताज पहिराईएको थियो ।

थाइल्यान्डमा सम्पन्न WeQueen Miss & Mrs Diva Worldwide 2021 मा फिलिपिन्स ,थाइल्यान्ड ,चिन,भारत ,अस्ट्रिया,अमेरिका,मलेसिया ,इन्डोनेसिया ,कोलम्बिया , म्यानमारलगायत देशका सुन्दरीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा मलेसियाकी सुन्दरी विनर भएकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्