झापा , असार २७ । मेची पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

मेचीनगर- ६ स्थित मेची पुलबाट ६ ग्राम ब्राउनसुगरसहित भारत मिरिकका २७ वर्षीय अनुप प्रधान पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका प्रधानलाई चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर फेला परेको हो । उनलाई इप्रका काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्