झापा , असार २७ । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (सोमबार) सिरिजको पहिलो खेलमा नामिबियासँग खेल्दैछ ।

नेपाल र नामिबियाबीचको खेल दिउँसो नेपाली समय अनुसार ३ः१५ बजे सुरु हुनेछ । आजको खेलमा नेपाल सहज जित निकाल्ने योजनामा छ । आजको खेलमा जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्ने नेपालको लक्ष्य छ । लिग टू अघि नेपालले क्यानडासँग एकदिवसीय सिरिज खेलेको थियो । नेपाल उक्त खेलमा पराजित भएको थियो । सिरिजको पहिलो खेलमा नामिबिया स्कटल्याण्डसँग पराजित भएको थियो । यता नामिबिया पनि आज पहिलो जित निकाल्ने योजनामा हुनेछ । लिग टू को अङ्क तालिकामा नेपाल १६ खेलमा १५ अङ्क जोडेर पाँचौँ स्थानमा रहेको छ । नामिबिया १५ खेलमा १४ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ । सिरिज अन्तर्गत नै नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध जुलाई १३ मा खेल्नेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्